+
+
Shares

किन महिलामाथि हुने हिंसा अझै रोकिएको छैन ?

पूजा खड्का पूजा खड्का
२०८३ कात्तिक १५ गते १५:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं बाहिरको एक सहरमा बस्ने ब्राह्मण परिवारकी महिलामाथि आफ्नी नजिककी आफन्तले छोरीसहित आएर अपशब्द, गालीगलौच र थुक्ने आक्रमण गरिन्।
  • लेखमा महिलाको स्वाभिमान र सुरक्षामाथि प्रश्न उठाउँदै एउटा महिला साँच्चै कतिबेला सुरक्षित हुन्छिन्, सरकार ? भनिएको छ।

​२१औँ शताब्दीको यो नवीन युगमा के महिलाहरू पूर्णरूपमा सुरक्षित छन् ? के उनीहरू मानसिकरूपमा सबल, पारिवारिक छत्रछायाँमा खुसी र पूर्ण स्वाभिमानी हुन सकेका छन् ? यी र यस्तै ज्वलन्त प्रश्नहरू आज म तेर्स्याउन चाहन्छु ।

समाजमा परिवर्तनका ठूला नाराहरू लगाइरहँदा यथार्थको धरातलमा महिलाहरूले भोगिरहेका पीडाका प्रतिनिधि घटनाहरूले हाम्रो सभ्य समाजको असली मुहार छर्लङ्ग पारेका छन् ।

यहाँ एउटा सत्य घटनामा आधारित प्रतिनिधि कथा प्रस्तुत छ:

काठमाडौं बाहिरको एक सहरमा बसोबास गर्ने एक स्थापित र सम्पन्न ब्राह्मण परिवारकी छोरीको छिमेकी गाउँका क्षेत्री युवकसँग प्रेम हुन्छ । उनीहरूले सानै उमेरमा प्रेम विहे गर्छन् । गाउँमै आफ्नै किसिमले जीवन निर्वाह गरी खुसीले बस्छन् । समयसँगै उनीहरूबाट एक छोरीको जन्म हुन्छ । छोरीलाई बडो प्रेम र लाडप्यारका साथ हुर्काउँछन् । केही वर्षको अन्तरालमा उनीहरूका छोराको जन्म हुन्छ । आफूले पाएको संस्कार र मूल्यमान्यतालाई आत्मसात् गर्दै उनीहरू मर्यादित जीवन बाँचिरहेका हुन्छन् ।

उनीहरू आ-आफ्नो पेसा, व्यवसायमा आबद्ध भएर आत्मसम्मान र स्वाभिमानका साथ आत्मनिर्भर जीवन बिताइरहेका हुन्छन् । परिवारप्रति समर्पित, कर्तव्यपरायण र जिम्मेवार बन्दै गर्दा मानिसमा एउटा सरल अपेक्षा हुन्छ, ‘म जस्तो छु, अरू पनि त्यस्तै भइदिए हुन्थ्यो । तर, विडम्बना ! परिवारको अपेक्षा केवल यति मात्रै हुँदो रहेछ कि बुहारीले चुपचाप कर्तव्य मात्र निभाओस्, सम्पूर्ण घरायसी दायित्व काँधमा बोकोस् ।

तर, उसका आफ्ना चाहना, आत्मसम्मान र स्वाभिमानको धज्जी उडाउँदा पनि परिवारका अन्य सदस्यहरू मुकदर्शक बनेर तमासा हेरिरहुन् । के यस्तो परिवेशलाई आजको आधुनिक र सभ्य परिवार भन्न मिल्छ?

​घटना तब मोडिन्छ, जब उनीहरू औषधिउपचार र पारिवारिक सदस्यलाई वैदेशिक भ्रमण पठाउने सिलसिलामा छोरालाई साथमा लिएर काठमाडौँ पुग्छन् । युवा अवस्थाका छोरामा घुम्ने-रमाउने रहर हुनु स्वाभाविकै हो । तर, दुर्भाग्यवश छोरा आफन्तसँगै लगातार दुई दिन घुम्न निस्कन्छ र सो क्रममा मादक पदार्थ सेवन गर्छन् ।

उनीहरूको यस्तो क्रियाकलापको भिडियो जब छोराकी आमालाई प्राप्त हुन्छ, तब उनमा असह्य पीडा र विचलित मनस्थिति सिर्जना हुन्छ । कसैलाई अनावश्यक दोष नदिई, केवल आफ्ना सन्तानको भविष्यप्रति चिन्तित भएर उनी आफ्नी सासूआमालाई फोनमार्फत आफ्नो दुखेसो पोख्छिन् ।

तर, सहनशीलता र चिन्ताको यो मूल्य कति क्रूरतापूर्वक चुकाउनुपर्छ भने, जुन दिन बेलुका पारिवारिक सदस्यलाई परदेश पठाउनु थियो, त्यही दिन दिउँसो उनीहरू आराम गरिरहेका बेला एक्कासी ती महिलामाथि आक्रमण हुन्छ ।

छोरासँग घुम्न निस्किएकामध्येका छिमेकी घरकी एक नजिककी आफन्त, जो आफूलाई कथित ‘सभ्रान्त’ ठान्छिन्, आफ्नी छोरीसहित त्यहाँ आइपुग्छिन् र कुनै मानवीय संवेदनाबिना ती महिलामाथि अपशब्द प्रयोग गर्ने, गालीगलौच गर्ने, थुक्ने र हात हाल्न समेत आफ्नी छोरीलाई प्रयोग गर्न पछि पर्दिनन् । सबैभन्दा लज्जास्पद विषय त यो हुन्छ कि, यो सब भइरहँदा घरका अन्य सदस्यहरू समेत मुकदर्शक बनेर रमिते भई तमासा हेरिरहन्छन् ।

​यो कस्तो न्याय हो? के यही हो हाम्रो पारिवारिक संस्कार ? एउटा स्वाभिमानी महिलाले आफ्नो परिवार र सन्तानको भविष्यप्रति चिन्ता गर्दा पाउने पुरस्कार यही हो ?

आज फेरि पनि त्यही पुरानो र गम्भीर प्रश्न मेरो मष्तिष्कमा मडारिरहेको छ । एउटा महिला साँच्चै कतिबेला सुरक्षित हुन्छिन्, सरकार ?

(लेखक पूजा खड्का,गोरखा मोडेल सेकेन्डरी स्कुल,लमही-६,दाङमा कार्यरत शिक्षिका हुन् ।)

लेखक
पूजा खड्का

पूजा खड्का, गोरखा मोडेल सेकेन्डरी स्कुल, लमही-६ दाङमा कार्यरत शिक्षिका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?