+
+
Shares

पालाम सम्राट नेम्बाङको ‘इक्किसुम इक्ला’ को लोकापर्ण

प्रदीप मेन्याङ्बो प्रदीप मेन्याङ्बो
२०८३ कात्तिक १५ गते १२:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धरानमा शनिबार कोशी प्रदेश प्रमुख परशुराम खापुङले पालामसाम्वा सुवर्ण नेम्बाङको पालाम संग्रह ‘इक्किसुम इक्ला’ धुप बाल्दै च्याब्रुङ बजाएर लोकार्पण गरे।

सुनसरी । पालामसाम्वा सुवर्ण नेम्बाङको पालाम संग्रह ‘इक्किसुम इक्ला’ को लोकापर्ण भएको छ । शनिबार धरानमा आयोजित समारोहमा कोशी प्रदेश प्रमुख परशुराम खापुङले धुप बाल्दै च्याब्रुङ बजाएर ‘इक्किसुम इक्ला’ को लोकापर्ण गरेका हुन्

इक्किसुम इक्ला सिरिजंगा लिपि र देवनागरी लिपि प्रयोग गरेर लेखिएको छ । संग्रहभित्र पालामसहित याक्थुङ लिम्बू समुदायले विभिन्न अवसरमा गाउने हक्पारे, ख्यालीहरू पनि समावेश भएकाले नया पुस्ताले सिक्न र अध्ययन गर्न जरुरी रहेको कोशी प्रदेश प्रमुख खापुङले बताए ।

‘याक्थुङ लोक संस्कृतिमा आधारित पालाम, यालाङलाई सुवर्ण नेम्बाङले संरक्षण गरेर ठूलो योगदान दिएका छन्’ खापुङले भने, ‘पहिचानको मुद्धा उठिरहेका बेला भाषा र लोक संस्कृतिलाई पछिल्लो पुस्तालाई हस्तान्तण गर्दै जिवित कायम राख्न सु ‘इक्किसुम इक्ला’ ले ठूलो मदत गर्ने विश्वास लिएको छु ।’

पछिल्लो समय ताप्लेजुङ, तेह्रथुम, पान्थर, धनकुटा जस्ता पहाडी लिम्बू बस्तीमा समेत पालाम, यालाङ हराउन लागेको पूर्वप्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले बताए । यस्तो समयमा याक्थुङ लोक कला संस्कृति हराउन दिनु हुँदैन भनेर सुवर्ण नेम्बाङले व्यत्तिगत खर्चमा सिरिजंगा लिपि र देवनागरी लिपिमा पालामको किताव प्रकाशन गरेर राज्यलाई ठूलो गुन लगाएको बताए ।

‘अचेल नयाँ पुस्ताले लिम्बू भाषा कमै बोल्छ’ तुम्बाहाङले भने, ‘विदेश जानका लागि अंग्रेजी सिक्छन् । यसो गर्दा यता आफ्नो मौलिक भाषा, लिपी, कला संस्कृति संकटमा पर्छ । यस्ता संकटलाई समाधान गर्न पालामसाम्बा नेम्बाङले किताब नै प्रकाशित गरेर समग्र पाठकलाई दिएका छन् ।’

सिक्किम विश्वविद्यालयका लिम्बू भाषा, मुन्धुम र संस्कृतिका विभागीय प्रमुख प्राध्यापक बल मुरिङला र सिक्किम अल्पाइन विश्वविद्यालय नाम्चीका लिम्बू भाषाका विभागीय प्रमुख प्राध्यापक कर्ण ताम्लिङले कुनै पनि समुदायको भाषा, लिपी र कला संस्कृति जोगाउनकालागि राज्यले चासो दिएर लगानी नगरेसम्म समुदायले मात्र बचाउन नसकिने बताए ।

प्राध्यापक कर्ण ताम्लिले पालाम यालाङ बुझ्नका लागि याक्थुङ लिम्बूको भाषा, लिपि र संस्कृति बुझ्नु पर्ने र यसरी बुझ्नकालागि नयां पुस्ताले चासो दिनुपर्ने बताए ।

पालाम सम्राट भनेर सार्वजनिक रुपमा उपाधी पाएका सुवर्ण नेम्बाङले आफ्ना लागि लेखिएका पालामको कृति अवदेखि मुलुककै राज्यको सार्वजनिक सम्पतिको रुपमा छाडेको बताए । ‘यो इक्किसुम इक्ला पुस्तकलाई मैले व्यक्तिगत उपललिब्धिका रुपमा भन्दा पनि हराउँदै गएको मौलिक लोक संस्कृतिको एउटा अंशलाई अभिलेखित र पुस्तान्तरण गर्ने सानो प्रयासका रुपमा लिएको छु’ उनले भने ।

यो उनको दोश्रो पालाम कृति हो । यसअघि उनले ‘मालाजे’ पालाम संग्रह निकालेका थिए । पूर्वव्रिटिश लाहुरे समेत रहेका नेम्बाङले लेखेका पालामलाई पूर्वका अधिकांश पालाम गायक गायिकाहरुले म्यूजिक भिडियो बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?