+
+
Shares

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १४ गते १९:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाको मोलुङ गाउँपालिका–१ कुन्तादेवीका ४७ वर्षीय कमल बाँनिया पक्राउ परेका छन् ।
  • बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बरूणेश्वरबाट खटिएको प्रहरीले उनलाई शुक्रबार बेलुकी पक्राउ गरेको हो ।
  • प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

१४ कात्तिक, काठमाडौं । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

ओखलढुंगाको मोलुङ गाउँपालिका–१ कुन्तादेवी बस्ने ४७ वर्षीय कमल बाँनियालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

कमलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बरूणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?