+
+
Shares

कृषिको अनुदान मिलाइदिने भन्दै ५ करोड ठगी, २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषिको अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी गरेको आरोपमा सीआईबीले दुई जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा काठमाडौं ताहचलका ५२ वर्षीय तिलक बुढाथोकी भनिने श्रीकृष्ण महर्जन र ललितपुर नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाल छन्।
  • मन्त्रालयका कर्मचारीसँग राम्रो सम्बन्ध रहेको भन्दै उनीहरूले जालिम सिंह महतोसहितका व्यक्तिलाई पटक पटक ठगी गरेको आरोप छ।

१३ कात्तिक, काठमाडौं । कृषिको अनुदान मिलाइदिने भन्दै प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं ताहचलका ५२ वर्षीय तिलक बुढाथोकी भनिने श्रीकृष्ण महर्जन र ललितपुर नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाल छन् । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो ।

मन्त्रालयका कर्मचारीहरूसँग राम्रो सम्बन्ध रहेको भन्दै उनीहरूले जालिम सिंह महतोसहितका व्यक्तिलाई पटक पटक गरी ५ करोड ८० लाख ठगी गरेको आरोप छ । उनीहरूविरुद्ध ठगीको कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?