+
+
Shares

चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनसहित तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १९:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको भरतपुर महानगरपालिका–१९ मा ४६ दशमलव ५५ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित तीन जना पक्राउ परेका छन् ।
  • जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चनौलीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेमा सागर तामाङ, रोशन गुरुङ र ईश्वर लामा छन्, र उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१२ कात्तिक, नारायणगढ (चितवन) । चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले भरतपुर महानगरपालिका–१९ मा लागुऔषध बिक्रीवितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका–८ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–१९ बस्ने ३१ वर्षीय सागर तामाङ, भरतपुर महानगरपालिका–२० बस्ने ३८ वर्षीय रोशन गुरुङ र भरतपुर महानगरपालिका–१९ बस्ने ४३ वर्षीय अमित लामा भन्ने ईश्वर लामा रहेका छन् ।

उनीहरूका साथबाट ४६ दशमलव ५५ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, रु ३९ हजार ५०० नगद र एक थान ‘डिजिटल’ तराजुलगायत सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्र भूषण यादवले जानकारी दिए ।

निजहरूविरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?