News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहा नगरपालिका–१३ मल्हनियाबाट ३ सय १२ ग्राम खैरो हेरोइनसहित २ जना बिहीबार बिहान पक्राउ परेका छन् ।
- पक्राउ पर्नेमा भारत मधुबनी बेला पञ्चायत–८ घर भएका ४४ वर्षीय लाल बाबु सिंह र २६ वर्षीय धर्मेन्द्र दास रहेका छन् ।
- लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले उनीहरूले प्रयोग गरेको बीआर–३२४ भि ७५७४ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।
१२ कात्तिक, काठमाडौं । सिरहामा अवैध लागूऔषध सहित दुई जना पक्राउ परेका छन् ।
सिरहा नगरपालिका–१३ मल्हनियाबाट अवैध लागूऔषध खैरो हेरोइन ३ सय १२ ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भारत मधुबनी बेला पञ्चायत–८ घर भएका ४४ वर्षीय लाल बाबु सिंह र २६ वर्षीय धर्मेन्द्र दास रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बीआर–३२४ भि ७५७४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4