News Summary
Generated by OK AI. Editorially reviewed.- रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ मा ६ वर्षीय रमेश नाथको हत्या गरेको अभियोगमा ३३ वर्षीय भक्त बहादुर नाथ पक्राउ परेका छन्।
- शुक्रबार साँझ ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका रमेशको जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको थियो।
- प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।
७ कात्तिक, रूकुम पश्चिम । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ मा ६ वर्षीय बालकलाई हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
बल बहादुर नाथको छोरा ६ वर्षीय रमेश नाथको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय भक्त बहादुर नाथलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
भक्त बहादुरले शुक्रबार साँझ ढुङ्गा प्रहार गर्दा रमेश गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
गम्भीर घाइते भएका रमेशको जिल्ला अस्पताल सल्ले रूकुम पश्चिममा थप उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4