+
+
Shares

काठमाडौं प्रहरीको स्वीप अपरेशनमा ९८ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रहरी परिसर काठमाडौंले २४ घण्टामा काठमाडौंका विभिन्न ठाउँबाट ९८ जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा ७६ पुरुष र ११ महिला छन् ।
  • प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्‍याउने, अभद्र व्यवहार गर्ने, बिचौलियाको काम गर्ने र गुण्डागर्दी गर्नेहरूलाई पक्राउ गरेको बताएको छ ।

२७ असोज, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन गरेर ९८ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न ठाउँहरूबाट २४ घण्टाको अवधिमा ९८ जनालाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए ।

पक्राउ पर्नेहरूमा ७६ पुरुष र ११ महिला छन् ।

सार्वजनिक शान्तिमा खलल पुर्‍याउने, अभद्र व्यवहार गर्ने, बिचौलियाको काम गर्ने, गुण्डागर्दी गर्नेहरू पक्राउ परेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?