+
+
Shares
इजरायल प्रकरण :

पक्राउ परेका कांग्रेस उम्मेदवारसहित ५ जनाविरुद्ध संगठित कसुरमा पनि अनुसन्धान

सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराले संगठित अपराधको कसुर पनि लगाएर अनुसन्धान गरिएको पुष्टि गरे । संगठित अपराधको कसुर लगाएसँगै ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने सुविधा प्रहरीलाई हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केयरगिभरमा इजरायल पठाउने भन्दै ठगी गरेको प्रकरणमा पक्राउ परेकाहरूमाथि संगठित अपराधको कसुरमा पनि अनुसन्धान अघि बढाइएको छ ।
  • सीआईबीले ठगी अनुसन्धानका क्रममा थप व्यक्तिको संलग्नता र समूहगत रूपमा काम गरेको देखिएपछि संगठित अपराधको कसुर पनि लगाएको हो ।
  • यो प्रकरणमा सीआईबीले नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईंसहित पाँच जनालाई पक्राउ गरेको छ ।

२६ असोज, काठमाडौं । केयर गिभरमा इजरायल पठाउने भन्दै ठगी भएको प्रकरणमा पक्राउ परेकाहरूविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुरुमा पक्राउ परेकाहरूविरुद्ध ठगीको कसुरमा अनुसन्धान अघि बढाएको थियो । सुरुमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरेको प्रहरीले अनुसन्धानको क्रममा थप व्यक्तिको संलग्नता खुलेको र संगठित रुपमा काम गरेको देखिएपछि संगठित अपराधको कसुर पनि लगाएको छ ।

सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराले संगठित अपराधको कसुर पनि लगाएर अनुसन्धान गरिएको पुष्टि गरे । संगठित अपराधको कसुर लगाएसँगै ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने सुविधा प्रहरीलाई हुन्छ ।

यो प्रकरणमा सीआईबीले अहिलेसम्म पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईं, दोलखाका बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की, शिवराम श्रेष्ठ र कांग्रेसकै केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्का छन् ।

यो समूहले नेपाल सरकार र इजराय सरकारबीच सम्झौता भएर केयरगिभर परीक्षामा उत्तीर्ण भएकाहरूलाई प्रधानमन्त्रीको सललाहकारसँग चिनजान रहेको बताउँदै छिटो इजरायल पठाउने भनेर रकम उठाउँदै ठगी गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?