+
+
Shares

नेतन्याहुको दाबी- इरानको शासन ढाल्नेछौँ, हमास र हिजबुल्लाहलाई समाप्त पार्नेछौँ

‘हामी हमासलाई समाप्त पार्नेछौँ र सबैभन्दा पहिले इरानको शासनलाई पराजित गर्नेछौँ । हामी त्यसलाई ढाल्नेछौँ । त्यो पतन हुनेछ । हामी हिजबुल्लाहविरुद्ध पनि कारबाही गर्नेछौँ र त्यो पनि पतन हुनेछ,’ नेतन्याहुले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते २१:२९

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले इरानको शासनलाई ढाल्ने दाबी गरेका छन् । उनले इरानका प्रोक्सी समूहहरू हमास र हिजबुल्लाहविरुद्ध पनि कारबाही गरेर समाप्त पार्ने दाबी गरेका छन् ।

बिहीबार इजरायलको राष्ट्रपति निवासमा आयोजित सन् २०२५ का उत्कृष्ट इजरायलको आन्तरिक सुरक्षा निकायका कर्मचारीलाई सम्मान गर्ने समारोहमा बोल्दै नेतन्याहुले यस्तो बताएका हुन् ।

‘गाजा पट्टीमा हामी यस्तो घटना देखिरहेका छौँ, जसले मलाई लाग्छ, सबैलाई आश्चर्यमा पारेको छ । अक्टोबर ७ मा हाम्रा जनता, हाम्रा छोरीहरू, पत्नीहरू र बालबालिकाको हत्या गर्ने यी हत्याराहरूसँग हामी हिसाब चुकाइरहेका छौँ,’ नेतन्याहुले भने, ‘बाँकी रहेकाहरूसँग पनि हामी हिसाब चुकाइरहेका छौँ । धेरै जना बाँकी छैनन्, किनभने हामी उनीहरूमाथि कारबाही गरिरहेका छौँ ।’

नेतन्याहुले इरान र उसका सहयोगी समूहहरूको इजरायल राज्यलाई नष्ट गर्ने चाहना नहराएको र केवल कमजोर मात्र भएको टिप्पणी गरे ।

‘हामी हमासलाई समाप्त पार्नेछौँ र सबैभन्दा पहिले इरानको शासनलाई पराजित गर्नेछौँ । हामी त्यसलाई ढाल्नेछौँ । त्यो पतन हुनेछ । हामी हिजबुल्लाहविरुद्ध पनि कारबाही गर्नेछौँ र त्यो पनि पतन हुनेछ,’ नेतन्याहुले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?