+
+
Shares

इजरायलका स्याहार केन्द्रमा १,४६४ नेपाली कामदारका लागि आवेदन खुला

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते ७:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि १ हजार ४६४ जनाको आवेदन खुलेको छ।
  • वैदेशिक रोजगार विभागका अनुसार १ हजार १३२ महिला र ३३२ पुरुष कामदार माग गरिएको छ।
  • २५ देखि ४५ वर्ष उमेरका इच्छुकले भदौ २३ देखि असोज २६ राति ११:५९ बजेसम्म ferms.dofe.go.np बाट आवेदन दिन सक्नेछन्।

२३ भदौ, काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन खुलेको छ ।

वैदेशिक रोजगार विभागले जारी गरेको सूचनाअनुसार एक हजार १३२ जना महिला र ३३२ जना पुरुष गरी कुल १४६४ जना कामदार माग गरिएको हो।

आवेदन दिन २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुकले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ बजेर ५९ मिनेटसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

आवेदन वैदेशिक रोजगार विभागको वेबसाइटअन्तर्गत ferms.dofe.go.np मार्फत आवेदन दिन सकिनेछ।

छनोट भएका कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली मुद्रा तलब पाउनेछन्। इजरायली सरकारको नियमानुसार ओभरटाइम सुविधासमेत उपलब्ध हुने सूचनामा उल्लेख छ।

कामदारले सातामा ४२ घण्टा अनिवार्य काम गर्नुपर्नेछ भने हप्तामा एक दिन मात्र बिदा पाउनेछन्। वार्षिक बिदा भने इजरायली सरकारको कानुनअनुसार हुने बताइएको छ।

कामदारका लागि खानाको व्यवस्था नहुने भए पनि बस्ने व्यवस्था कम्पनीले गर्नेछ। तर, बसोबासको खर्च भने कामदार स्वयंले व्यहोर्नुपर्नेछ।

  

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?