+
+
Shares

हुथीको आक्रमणबाट ७३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यमनमा साउदी अरब नेतृत्वको गठबन्धनले हुथी आक्रमणबाट कम्तीमा ७३ जना घाइते भएको दाबी गरेको छ।
  • गठबन्धनले आक्रमणको निर्णायक जवाफ दिने बताउँदै पछिल्लो लडाइँलाई खतरनाक भनेको छ।
  • हुथीहरूले जुलाईमा साउदी अरबविरुद्ध नौसैनिक नाकाबन्दी घोषणा गरेपछि साउदी जहाज र जिजानस्थित अरामको प्लान्टलाई निशाना बनाएका छन्।

२३ भदौ, काठमाडौं ।  यमनमा रहेको साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले इरान समर्थित हुथी लडाकुहरूको आक्रमणबाट कम्तीमा ७३ जना घाइते भएको दाबी गरेको छ। बीबीसी फारसी सेवाका अनुसार गठबन्धनले यी आक्रमणहरूको निर्णायक जवाफ दिने बताएको छ।

यमनको धेरै जनसंख्या भएको क्षेत्र र उत्तरी भागमा हुथी विद्रोहीहरूको नियन्त्रण छ। उनीहरूले जुलाई महिनामा साउदी अरबविरुद्ध नौसैनिक नाकाबन्दीको घोषणा गरेका थिए। त्यसपछि उनीहरूले साउदी अरबमाथि आक्रमण सुरु गरेका हुन्। उनीहरूले रेड सीमा साउदी अरबका जहाजहरूलाई पनि निशाना बनाएका थिए।

साउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ताले पछिल्लो समय चर्किएको लडाइँलाई ‘खतरनाक’ भनेका छन्। उनले हुथीहरूले साउदी अरबका नागरिक र आर्थिक क्षेत्रहरूलाई निशाना बनाएको बताएका छन्।

यी नयाँ आक्रमणहरूमा साउदी तेल कम्पनी अरामकोको जिजानमा रहेको प्लान्टलाई निशाना बनाइएको छ। यद्यपि अरामकोले यस विषयमा कुनै टिप्पणी गरेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?