+
+
Shares

साउदीको अबहा अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाइएको हुथी विद्रोहीको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते ८:३४

३० असार, काठमाडौं । यमनको विद्रोही समूह हुथीले साउदी अरबको अबहा अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाइएको दाबी गरेको छ ।

हुथी संगठनका अनुसार सोमबार गरिएको विमानस्थल आक्रमणमा ब्यालिस्टिक मिसाइल र ड्रोनको प्रयोग गरिएको छ ।

हुथी विद्रोहीले साउदी अरबका तर्फबाट भएको यमनको राजधानी सनास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई आक्रमणको जवाफमा प्रतिआक्रमण गरिएको बताएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार हुथी विद्रोहीका प्रवक्ता याह्या सारेयाले बयान जारी गरेर सबै एयरलाइन्सलाई साउदी हवाई क्षेत्रभन्दा टाढा रहन चेतानवी दिएका छन् ।

एयरलाइन्सहरूले चेतावनीलाई गम्भीरताका साथ दिनुपर्ने उनको भनाइ छ । राजधानी सनास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा लगाइएको प्रतिबन्ध फुकुवा नहुँदासम्म कारबाही जारी रहने हुथीले बताएको छ ।

यसअघि साउदी अरब समर्थित यमनी सरकारको रक्षा मन्त्रालयले इरानी विमान अवतरण रोक्न सना अन्तर्राष्ट्रिय विमानस्थलको रनवेलाई निशाना बनाएको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?