+
+
Shares

सुरक्षित तरिकाले ग्यास प्रयोग गर्न सिलिण्डरलाई कसरी राख्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १६:०७

अहिले शहर बजारमा मात्रै होइन दुर्मग गाउँका कुनाकाप्चा सम्म खाना पकाउनका लागि एलपीजी ग्यास पुगेको छ । यसले हाम्रो भान्सामा सहजता थपे पनि सही तरिकाले प्रयोग नगर्दा कहिलेकाहीँ समस्या निम्त्याउन सक्छ ।

ग्यास सिलिण्डर विस्फोट भएर दुर्घटना भएका उदाहरणहरू पनि धेरै छन् । त्यसैले, ग्यास सिलिण्डर सही तरिकाले भण्डारण गर्नु आवश्यक छ ।

सिलिण्डर सुताएर नराख्ने

ग्यास सिलिण्डरलाई सधैं सिधा राख्नुपर्छ । यसलाई सुताएर राख्दा रेगुलेटर र भल्भमा असर पर्न सक्छ, जसले गर्दा ग्यास चुहावटको जोखिम बढ्छ।

तातो ठाउँमा नराख्ने

सिलिण्डरलाई प्रत्यक्ष घाम पर्ने ठाउँमा, ग्यास चुल्होको तथा हिटरको तातो पर्ने ठाउँमा राख्नु हुँदैन । धेरै ताताोले कहिलेकाहीं सिलिण्डर विस्फोट हुन सक्छ ।

हावा पास नहुने ठाउँमा नराख्ने

हावा पास नहुने तथा कम भेन्टिलेसन भएको ठाउँमा ग्यास सिलिण्डर राख्नु हुँदैन । हावा पूरै बन्द भएको ठाउँमा ग्यास जम्मा गर्दा खतरा हुन सक्छ।

जमिनमुनिको सतहमा नराख्ने

एलपीजी हावा भन्दा भारी ग्यास हो । त्यसकारण, यदि चुहावट भयो भने, यो हावाको तल्लो सहतमा जम्मा हुन्छ, त्यसैले सिलिण्डरलाई बेसमेन्ट वा जमिनको सतह मुनिका क्षेत्रहरूमा राख्नु हुँदैन ।

ग्यास सिलिण्डर भण्डारण गर्ने सही तरिका

सिलिण्डरलाई सधैं बलियो सतह भएको भुइँमा सिधा ठड्याएर राख्नुपर्छ । राम्रो भेन्टिलेसन भएको हावा पास हुने ठाउँ छनोट गर्नुपर्छ। साथै, रेगुलेटर सही रूपमा जडान गरिएको हुनुपर्छ । पाइप बाङ्गिएको वा दोब्रिएको छैन भनी सुनिश्चित गर्नुपर्छ ।

ग्यास पाइप कसरी जाँच गर्ने ?

सिलिण्डर मात्र होइन, ग्यास पाइप पनि नियमित रूपमा जाँच गर्नुपर्छ । यदि पाइलमा कुनै चिसा, काटिएको वा ग्यास चुहावट भएको शंका लागेमा राम्रोसँग जाँच गर्नुपर्छ ।

रेगुलेटर तथा पाइप गुणस्तरीय खालको छनोट गर्नुपर्छ । कहिलेकाहीं ग्यासको मुख अर्थात रेगुलेटर जोड्ने ठाउँको वासट बिग्रिएर पनि ग्यास लिक हुने समस्या हुन्छ । त्यो जाँच गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?