+
+
Shares

मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते ७:१५

१ चैत, काठमाडौं । मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीच बढ्दै गएको तनावका बीच भारतका दुई जहाज होर्मुज स्ट्रेट पार गर्न सफल भएका छन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शनिबार जानकारी यो जानकारी दिएका हुन् । उनले ‘शिवालिक’ र ‘नन्दा देवी’ नामका दुई भारतीय जहाज स्ट्रेट पार गरेर भारतका बन्दरगाहतर्फ अघि बढिरहेको बताए ।

उनका अनुसार यी दुवै जहाजमा कुल करिब ९३ हजार मेट्रिक टन बढी तरल पेट्रोलियम ग्यास (एलपीजी) लोड गरिएको छ ।

विदेश मन्त्रलायका प्रवक्ता जयसवालका अनुसार खाडी क्षेत्रमा भारतका अन्य जहाज पनि स्ट्यान्डबाइ अवस्थामा राखिएका छन् । भारतले आफ्नो ऊर्जा सुरक्षालाई सुनिश्चित गर्न सम्बन्धित देशहरूसँग निरन्तर समन्वय गरिरहेको छ ।

यसअघि इन्धन बोकेर भारत आउँदै गरेको एक थाई जहाजमा हमाला भएको थियो । हालसम्म मध्यपूर्व तनावकाकारण ५ भारतीय नागरिकको ज्यान गएको छ भने एक जना बेपत्ता छन् ।

घाडी क्षेत्रबाट इन्धन आयात प्रभावित हुँदा भारतमा पनि तेल र ग्याँसको अभाव छ । भारतबाट आयात गर्ने नेपालमा पनि इन्धन आपूर्ति प्रभावित भएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?