+
+
Shares

कुटपिट अङ्‍गभङ्‍ग मुद्दामा २ वर्ष कैद तोकिएका व्यक्ति समातिए

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते १३:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुटपिट गरी अङ्‍गभङ्‍ग बनाएको कसुरमा २ वर्ष कैद सजाय तोकिएका नुवाकोटका ३३ वर्षीय सरोज तामाङ भनिने सुरोज तामाङ पक्राउ परेका छन्।
  • काठमाडौं जिल्ला अदालतले ७ वैशाख २०८१ मा उनलाई २ वर्ष कैद, २० हजार जरिवाना र ८ सय पीडित राहत कोषमा जम्मा गर्न फैसला गरेको थियो।
  • उच्च अदालत पाटनले २० जेठ २०८२ मा जिल्लाको फैसला सदर गरेपछि फरार भएका उनलाई अदालतमार्फत कारागार चलान गरिएको छ।

२३ भदौ, काठमाडौं । कुटपिट अङ्‍गभङ्‍ग मुद्दामा दुई वर्ष कैद तोकिएका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ का ३३ वर्षीय सरोज तामाङ भनिने सुरोज तामाङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

केदार महर्जनलाई कुटपिट गरी अङ्‍गभङ्‍ग बनाएको कसुरमा उनलाई काठमाडौं जिल्ला अदालतले ७ वैशाख २०८१ मा २ वर्ष कैदको फैसला गरेको थियो । साथै २० हजार जरिवाना र ८ सय पीडित राहत कोषमा जम्मा गर्न अलालतले भनेको थियो ।

उच्च अदालत पाटनले पनि २० जेठ २०८२ मा जिल्लाकै फैसला सदर गरेको थियो । अदालतबाट दोषी ठहर भएपछि फरार भएका उनलाई पक्राउ गरी अदालतमार्फत फैसला कार्यान्वयनका लागि कारागार चलान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?