+
+
Shares

जेनजी रचनामालाका लागि प्रज्ञा प्रतिष्ठानले माग्यो नवपुस्ताका रचना

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रज्ञाप्रतिष्ठानले जेनजी रचनामाला २०८३ का लागि नवपुस्ताका लेखकबाट सिर्जनात्मक रचना आह्वान गरेको छ।

भदौ २३, काठमाडौं । नेपाल प्रज्ञाप्रतिष्ठानले नवपुस्ताका लेखकहरूको सिर्जनशीलता र मौलिक लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले जेनजी रचनामाला २०८३ का लागि सिर्जनात्मक रचना आह्वान गरेको छ ।

साहित्यतर्फ नयाँ पुस्ताको अभिरुचि बढाउन र उनीहरूका कृति पुस्तकाकार रूपमा प्रकाशन गर्न प्रतिष्ठानले यो कार्यक्रम अघि बढाएको हो ।

प्रतिष्ठानका सचिव रोशन शेरचनले जारी गरेको सूचनाअनुसार सन् १९९७ देखि २०१२ सम्म जन्मिएका नेपाली नागरिकले यस प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । सहभागीले कथा, कविता र संस्मरण विधामा आफ्ना अप्रकाशित रचनाहरू पठाउनुपर्नेछ ।

कथा र संस्मरणका लागि अधिकतम ५ हजार शब्द निर्धारण गरिएको छ । रचना अनिवार्य रूपमा नेपाली भाषामा हुनुपर्नेछ । त्यस्तै एक लेखकले कुनै एक विधामा एउटा मात्रै रचना पठाउन पाउनेछन् ।

रचनासँगै लेखकको नाम, जन्ममिति खुल्ने कागजात (नागरिकताको प्रतिलिपि), सम्पर्क नम्बर, हालको ठेगाना र बढीमा १०० शब्दसम्मको संक्षिप्त परिचय संलग्न पठाउनुपर्नेछ ।

इच्छुक लेखकले आफ्ना रचना कार्तिक ३० गतेभित्र प्रतिष्ठानको आधिकारिक इमेल office@nepalacademy.gov.np मा पठाइसक्नुपर्नेछ ।

प्रज्ञाप्रतिष्ठानको छनोट समितिले उत्कृष्ट ठहर गरेका रचनाहरूलाई समेटेर पुस्तकाकार रूपमा प्रकाशन गर्नेछ । साथै, छनोटमा परेका रचनाकारहरूलाई नियमानुसार पारिश्रमिकको समेत व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?