+
+
Shares

जेनजीको आँधीले कोरेको मार्गबाट एक इन्च पनि विचलित हुने छैनौं : रवि लामिछाने

युवाहरूले सडकबाट सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा आज रास्वपालाई उभ्याएको पनि उल्लेख गरेका छन्। त्यस्तै जेनजीको आँधीले कोरेको मार्गबाट एक इन्च पनि वितलिन नहुने बताएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते १३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेले जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोट भन्दै भ्रष्टाचार, भागबन्डा र अवसरविहीनताविरुद्धको विद्रोह भनेका छन्।
  • उनले भाद्र २३ र २४ गतेका घटनामा ज्यान गुमाएका शहीद र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन्।
  • लामिछानेले नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न र विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट नडगमगाउने सङ्कल्प व्यक्त गरेका छन्।

२३ भदौ, काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य जारी गर्दै उनले वर्षौंदेखि जरा गाडेर बसेर भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत असक्षमता नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रओ र अवसरविहीनताले सिर्जना गरेको निराशाविरुद्ध जेनजीहरू सडकमा उत्रिनुपरेको अवस्था स्मरण गरेका हुन्।

‘एक थोपा पनि रगत नबगाई पार्टी स्थापना गरेका हामीलाई, परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो। भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्। परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरित्तियोस् भन्ने कामना गर्दै नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै आवाज उठाउँदा जीवन गुमाउन पुगेका सम्पूर्ण अमर सहिदहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, कर्तव्य पालनका क्रममा ज्यान गुमाउने अमर प्रहरीहरूप्रति पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,’ उनले भनेका छन्।

उनले आन्दोलनमा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना पनि गरेका छन्। उनले राजनीतिमा चासो राख्नदैन भनिएको पुस्ता सडकमा उत्रिएर परम्परागत राजनीतिक शैलीलाई अस्वीकृत गरेको भनेका छन्।

युवाहरूले सडकबाट सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा आज रास्वपालाई उभ्याएको पनि उल्लेख गरेका छन्। त्यस्तै जेनजीको आँधीले कोरेको मार्गबाट एक इन्च पनि वितलिन नहुने बताएका छन्।

‘हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ । र यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ,’ उनले भनेका छन्, ‘म सम्पूर्ण युवा, नागरिक समाज र आम जनसमुदायमा विनम्र अपिल गर्दछु, यहाँहरूको रचनात्मक खबरदारी र हाम्रा कार्यसम्पादनको निर्मम समीक्षा निरन्तर चलिरहोस्। तर, आम मनोविज्ञानमा निराशाको भाष्य भने स्थापित हुन नदिऔँ। नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्ने यस ऐतिहासिक यात्रामा हामी सबै एकताबद्ध हुनैपर्छ। जागरणको त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौँ भन्ने दृढ सङ्कल्प व्यक्त गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?