१४ भदौ, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता भएको छ ।
रास्वपा पार्टी कार्यालय बनस्थलीमा भएको भेटमा मुख्यमन्त्री किरण थापाले विपद्पछिको अवस्थामा तीन तहका सरकारबीच समन्वय हुन नसकेको बताएका छन् । यसका कारण प्रदेश सरकारले आफ्नै तरिकाले काम गरिरहेको जानकारी गराएका छन् ।
प्रधानमन्त्री प्रभावित क्षेत्रमा जाँदा समेत प्रदेश सरकारले जानकारी नपाएकोमा उनले दुःख व्यक्त गरे ।
तीन तहमा कसले के काम गर्ने हो त्यो छुट्याउन आवश्यक रहेको भन्दै उनले प्रभावित क्षेत्रमा राहत पठाउन नसकिएको, पठाएको राहत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथि पुर्याउन असहज भएको बताएका छन् ।
जलवायु परिवर्तनको असर लामो भएकाले खोला किनारबाट बस्तीहरू स्थानान्तरण गर्न तीन तहका सरकारले तत्कालै समन्वयकारी ढंगबाट काम गर्नुपर्ने देखिएको पनि औंल्याएका छन् ।
रास्वपा सभापति रवि लामिछाने यस्तो विपद्को समयमा स्थानीय र संघीय सरकारलाइ जोड्ने भूमिका प्रदेश सरकारले खेल्नुपर्नेमा जोड दिए ।
‘यतिबेला सबै सरकारले समन्वय गरेर काम गर्नुपर्छ भन्नेकुरामा हामी सचेत छौँ’ उलले भनेका छन् । साथै, संघीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया 4