+
+
Shares

रास्वपा बैठकमा रविको जोड– राजनीतिक र राष्ट्रिय सहमति कायम राख्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १३:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेले विपद्को बेलामा राजनीतिक र राष्ट्रिय सहमति कायम गरेर जानुपर्नेमा जोड दिएका छन्।
  • बिहीबारको सचिवालय बैठकमा उनले सर्वदलीय बैठकका छलफल र निष्कर्षबारे जानकारी गराएका थिए।
  • प्रवक्ता जगदीश खरेलका अनुसार लामिछानेले सर्वदलीय बैठकमा व्यक्त ऐक्यबद्धताप्रति धन्यवाद दिएका छन्।

१८ भदौ, काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले विपद्को बेलामा राजनीतिक र राष्ट्रिय सहमति कायम राखेर जानुपर्नेमा जोड दिएका छन् ।

बिहीबार बसेको सचिवालय बैठकमा सभापति लामिछानेले उक्त कुरामा जोड दिएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

उनका अनुसार, सभापति लामिछानेले सर्वदलीय बैठकमा भएका छलफल र त्यसबाट निस्किएका निष्कर्षबारे पनि बैठकमा जानकारी गराएका थिए ।

‘खासगरी सर्वदलीय बैठकमा भएका छलफल, त्यसबाट निकालिएका निष्कर्षबारे पनि जानकारी गराउनुभयो,’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै प्रवक्ता खरेलले भने, ‘सर्वदलीय बैठकमा जुन ऐक्यबद्धता व्यक्त गरिएको छ । सभापति लामिछानेले उहाँहरू सबैलाई धन्यवाद दिनुभएको छ ।’

उनले बैठकबारे जानकारी गराउँदै थप स्पष्ट पारे, ‘हाम्रो राजनीतिक र राष्ट्रिय सहमति कायम गरेर जानुपर्छ भन्नेमा जोड दिनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?