+
+
Shares

जलवायु परिवर्तनको असर कम गर्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रवि लामिछाने

लामिछानेले नेपाल, भारत र चीन तीनवटा देश एउटै पर्वतीय प्रणालीमा आबद्ध रहेकाले सहकार्य आवश्यक रहेको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १६:३०

११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले जलवायु परिवर्तनको असर कम गर्न नेपाल, भारत र चीनबीच सहकार्य हुनुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै लामिछानेले नेपाल, भारत र चीन तीनवटा देश एउटै पर्वतीय प्रणालीमा आबद्ध रहेकाले सहकार्य आवश्यक रहेको बताएका हुन् ।

‘हाम्रा नदीहरू एउटा सीमाभन्दा माथिबाट सुरु हुन्छन् र अर्को सीमाभन्दा तल पुगेर टुंगिन्छन्,’ उनले भने ।

तीन वटै देशका संस्थाहरूमा आउने परिवर्तनको गतिभन्दा हिमालय क्षेत्रमा भइरहेको परिवर्तनको गति तीव्र रहेको लामिछानेले बताए ।

‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्व सूचना प्रणाली विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्यांक तत्काल आदानप्रदान गर्न सहकार्य गरौं’, उनले भने,‘जलवायु परिवर्तन भइसकेको हुनाले, हामीले यसअनुकूल योजना बनाउनैपर्छ ।’

हिमनदी पग्लने वा हिउँ खस्ने प्रक्रियालाई रोक्न नसके पनि यसबाट अचानक पर्नसक्ने विपद्लाई कम गर्न सक्ने उनले बताए ।

रसुवामा आएको विनाशकारी बाढीका कारण सिंगो देश शोकमा डुबेको पनि उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?