+
+
Shares

जलवायुप्रति जनचेतना जगाउने कांग्रेस प्रयास, ५ किलोमिटर ‘ग्रिन रन’ आयोजना

‘जलवायु जनचेतना जगाउन जुटौं’ नाराका साथ कांग्रेसले पाँच किलोमिटर दौड आयोजना गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते ७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले जननायक बीपी कोइरालाको ४४औं स्मृति दिवसका अवसरमा जलवायु परिवर्तनसम्बन्धी जनचेतना जगाउन काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ कार्यक्रम आयोजना गरेको छ ।
  • ‘जलवायु जनचेतना जगाउन जुटौं’ भन्ने मूल नाराका साथ पाँच किलोमिटर दौड कार्यक्रममा सभापति गगन कुमार थापासहितका नेता-कार्यकर्ताहरु सहभागी भएका छन् ।
  • कांग्रेसले ‘ग्रिन रन’ मा सहभागी संख्याका आधारमा मानवीय सहयोग कोष खडा गरी सुकुम्वासी परिवारका वृद्ध र बालबालिकाको हितमा रकम खर्च गर्ने निर्णय गरेको छ ।

६ साउन, काठमाडौं । नेपाली कांग्रेसले जलवायु परिवर्तनप्रति जनचेतना जगाउने उद्देश्यले काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ आयोजना गरेको छ । आज बिहान आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापा लगायतका नेता–कार्यकर्ताहरु सहभागी भए ।

जननायक बीपी कोइरालाको ४४औं स्मृति दिवस विभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाउने क्रममा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज ‘ग्रिन रन’ आयोजना गरेको हो ।

कांग्रेस उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माका अनुसार ‘जलवायु जनचेतना जगाउन जुटौं’ नाराका साथ पाँच किलोमिटर दौड आयोजना गरिएको हो ।

दौडलगत्तै जावलाखेल चोक, फाल्चामा ‘जलवायु परिवर्तनको चुनौती : निराकरण कसरी’ शीर्षकमा विज्ञहरुसहितको समूहगत छलफल हुनेछ । समूहगत छलफल चलिरहँदा, सोही स्थलमा जलवायु परिवर्तनका चुनौती र सम्भावना झल्काउने चित्रहरु सुपरिचित चित्रकारहरुद्वारा पेन्टिङ गरिने छ ।

यसैगरी साउन ७ गते पार्टीको नवीन अभियान घोषणा सहितको कार्यक्रम हुनेछ । कांग्रेसले ‘ग्रीन रन’ मा सहभागी हुनेको संख्याका आधारमा प्रतिव्यक्ति निश्चित रकम आफ्नो कोषबाट रकम जम्मा गरेर एक ‘मानवीय सहयोग कोष’ खडा गर्ने जनाएको छ ।

सो कोषको रकम पछिल्लो समय विस्थापित गरिएका सुकुम्वासी परिवारका वृद्ध र बालबालिकाको हितमा खर्च गरिने उनले उल्लेख गरे ।

यसैगरी पार्टीले सोहीदिन राष्ट्रिय सभागृहमा ‘नवीन परिस्थिति : नवीन संकल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी आयोजना गर्ने कांग्रेसले जनाएको छ ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?