+
+
Shares

कांग्रेसको संस्थापन इतर समूहले अलग्गै कार्यक्रम गरी बीपी स्मृति दिवस मनाउँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते ७:५०
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का

६ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले बीपी स्मृति दिवसका अवसरमा काठमाडौंको प्रज्ञा भवनमा छुट्टै समारोह आयोजना गर्दैछ ।

संस्थापन पक्षले जलवायु परिवर्तनप्रति जनचेतना जगाउने उद्देश्यले ‘ग्रिन रन’ (पाँच किलोमिटर दौड) लगायतका कार्यक्रम आयोजना गरेका बेला इतर पक्षले प्रज्ञा भवनमा अलग्गै कार्यक्रम गर्न लागेको हो ।

३ साउनमै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरेको थियो ।

समारोह आयोजना गर्न कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको थियो ।

यस्तै, आवश्यकता अनुसार प्रचारप्रसार समिति, व्यवस्थापन समितिलगायतका विभिन्न समितिहरू गठन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?