News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।
- उनले आत्मदाहजस्ता गम्भीर घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय नबनाई मानवीय संवेदनाको रूपमा हेर्नुपर्नेमा जोड दिनुभयो ।
- शर्माले नागरिकको असन्तुष्टि र निराशा कम गर्न सबै राजनीतिक दल गम्भीर भएर सोच्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
५ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तक बुद्ध, बीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आत्मदाहजस्ता गम्भीर घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय नबनाइ सरकार र प्रतिपक्ष मिलेर समाधान खोज्नुपर्नेमा जोड दिए ।
उनले गणेश नेपालीको आत्मदाहको घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाई मानवीय संवेदनाको रूपमा हेर्नुपर्ने कुरामा पार्टी गम्भीर रहेको पनि बताए ।
उनले प्रेम आचार्यको आत्मदाहको घटनालाई स्मरण गर्दै नागरिकको असन्तुष्टि र निराशा अझैपनि कम हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।
उनले भने, ‘हिजो हामीसँग किन नागरिक असन्तुष्ट रहे ? अहिले पनि फेरि निराशा किन बढ्दैछ । त्यसैले यो एउटाले अर्कोलाई दोषारोपण गर्ने विषय होइन । यो गम्भीरतापूर्वक सोच्ने कुरा हो कि नेपाली समाजमा यो प्रकारको गम्भीर निराशा किन फैलिदैँछ ? यस निराशासँग जुध्नका लागि सरकार र प्रतिपक्ष हामी सबै सँगसँगै उभिनु पनि छ ।’
उपसभापति शर्माले पुराना राजनीतिक दलहरुको समयदेखि नयाँ भनिएका राजनीतिक दलको समयसम्म सामाजिक निराशा कम हुन नसकेको भन्दै यससँग जुध्न सरकार र प्रतिपक्ष सँगसँगै उभिनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया 4