+
+
Shares

हायर कमान्ड तालिम सम्पन्न, महासेनानी बज्राचार्य बने बेस्ट स्टुडेन्ट अफिसर

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सैनिक वार कलेजमा सञ्चालित १४औँ हायर कमान्ड तथा म्यानेजमेन्ट तालिम प्रधानसेनापति अशोकराज सिग्देलको उपस्थितिमा मंगलबार सम्पन्न भएको छ ।
  • महासेनानी दर्जाका ३५ जना शिक्षार्थी सहभागी उक्त तालिममा महासेनानी प्रशान्त बज्राचार्य बेस्ट स्टुडेन्ट अफिसर घोषित भएका छन् ।
  • नेपाली सेनामा २०७१ सालदेखि सुरु भएको यस उच्च स्तरीय तालिमबाट हालसम्म ४१० जना अधिकृत दीक्षित भइसकेका छन् ।

५ साउन, काठमाडौं । नेपाली सैनिक वार कलेजमा गत १५ चैतदेखि सुरु भएको हायर कमान्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न भएको छ ।

सिसं. १४ हायर कमान्ड तथा म्यानेजमेन्ट तालिम आज मंगलबार प्रधानसेनापति अशोकराज सिग्देलको उपस्थितिमा सम्पन्न भएको हो ।

तालिममा महासेनानी दर्जाका ३५ जना शिक्षार्थीहरूको सहभागिता थियो । समापन कार्यक्रममा तालिम प्रमुख शिक्षक उपरथी मधुकर सिंह कार्कीले स्वागत मन्तव्य राखेका थिए ।

महासेनानी प्रशान्त बज्राचार्य बेस्ट स्टुडेन्ट अफिसर भएका थिए । सर्वोत्कृष्ट शोधपत्र पुरस्कार महासेनानी प्रकाश थापाले प्राप्त गरेका थिए ।

नेपाली सेनामा सञ्चालन हुने सबैभन्दा उच्च स्तरको तालिम हो हायर कमान्ड । नेपाली सेनामा २०७१ सालदेखि यो तालिम सञ्चालन हुँदै आएको छ । अहिलेसम्म ४१० जना यो तालिमबाट दीक्षित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?