+
+
Shares

खुल्दै आकाश, घट्दै उपत्यकाका नदीको बहाव (फोटो/भिडियो)

काठमाडौंका नदीमा पनि वर्षासँगै बहाव ह्वात्तै बढेको थियो । यद्यपि मंगलबार पानी पर्न कम भएसँगै नदीको बहाव पनि कम हुँदै गएको छ ।

कमल प्रसाईं कमल प्रसाईं
२०८३ साउन ५ गते १७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाँच साउन मंगलबारदेखि काठमाडौं उपत्यकासहित देशभरको मौसममा सुधार आएको छ ।
  • निरन्तरको वर्षापछि उपत्यकाका नदीहरूमा बढेको बहाव मंगलबार पानी पर्न कम भएसँगै घट्न थालेको छ ।
  • हाल मनसुनी वायुको प्रभाव कायम रहेको भन्दै सरकारी निकायले वर्षा र हिमपातको जोखिमप्रति उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

५ साउन, काठमाडौं । निरन्तरको वर्षापछि मंगलबार काठमाडौं उपत्यकाको आकाश खुल्दै गएको छ ।

गत बिहीबारदेखि निरन्तरको वर्षाले काठमाडौंसहित देशभरको मौसम धुम्म थियो । मंगलबार दिउँसोदेखि भने मौसम सफा हुँदै गएको छ ।

काठमाडौंका नदीमा पनि वर्षासँगै बहाव ह्वात्तै बढेको थियो । यद्यपि मंगलबार पानी पर्न कम भएसँगै नदीको बहाव पनि कम हुँदै गएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

यो समयमा हुनसक्ने वर्षा र हिमपातको सम्भावनालाई ख्याल गर्दै उच्च सतर्कता अपनाउन सरकारी संस्थाहरूले आग्रह गरिरहेका छन् ।

थप तस्वीरहरू–

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?