+
+
Shares

कञ्चनपुरमा धम्की दिँदै कुटपिट गर्ने पाँच जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते २०:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरको बेलौरी नगरपालिका–१ रतनपुरमा धाकधम्की दिँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।
  • जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार असोज २४ गते दिउँसो खजुवा जंगलमा लगेर एक जनामाथि खुकुरी देखाउँदै कुटपिट गरिएको थियो।
  • प्रहरीले उनीहरूमाथि अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग र अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ।

२६ असोज, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१ रतनपुरमा धाकधम्की दिँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, असोज २४ गते दिउँसो करिब ४ बजे रतनपुरका एक जना व्यक्तिलाई खजुवा जंगलमा लगेर धारिलो हतियार (खुकुरी) देखाउँदै धाकधम्की दिई कुटपिट गरिएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिई उनीहरूमाथि अपहरण शरीर बन्धक र ज्यान मार्ने उद्योग एवं अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?