+
+
Shares

लागुऔषधसहित २५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १४:३४

२२ असोज, काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार ललितपुर महानगरपालिका–४ नक्खु दोबाटोबाट दुई, धादिङको गजुरी गाउँपालिका–२ चाम्वासबाट एक, सिरहा नगरपालिका–२१ पिपरा टोलबाट दुई, झापाको दमक नगरपालिका–१ मामाचोकस्थित खोटाङ होटलबाट चार र सप्तरीको बोदेबरसाइन नगरपालिका–५ बाट दुई जना पक्राउ परेका छन् ।

त्यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–२ जमुनी बजारबाट दुई, मोरङको विराटनगर महानगरपालिका–११ अल्का मार्गबाट तीन, कास्कीको पोखरा महानगरपालिका–३ नदीपुरबाट एक, सुनसरीको इटहरी उपमहानगरपालिका–१९ अमाहाचोकबाट एक र बराहक्षेत्र नगरपालिका–३ नयाँबस्तीबाट तीन, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ सागरपथबाट दुई तथा सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–११ बाट दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुका साथबाट लागुऔषध खैरोहेरोइन र गाँजा तथा चिकित्सकको सिफारिमा मात्र खरिद गर्न पाइने नाइट्राजेपाम बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?