पाकिस्तान नियन्त्रित कस्मिरमा भारतसँगको सीमा नियन्त्रण रेखा (एलओसी) नजिक बारुदी सुरुङ (माइन) विस्फोट हुँदा चार युवकको मृत्यु भएको छ।
पाकिस्तानको सूचना विभागले भारत तर्फबाट राखिएको बारुदी सुरुङ विस्फोट हुँदा चार युवकको मृत्यु भएको दाबी गरेको छ ।
सूचना विभागले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा एलओसी नजिकै रहेको महेन्दला मदारपुर गाउँमा घटना भएको जनाएको छ ।
प्रारम्भिक जानकारीअनुसार, चारै युवक गाउँनजिकै खानेपानीको पाइपलाइन मर्मत गर्न गएका थिए । सोही क्रममा अचानक शक्तिशाली विस्फोट भएको र चारै जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
पुछ डिभिजनका आयुक्त सरदार वाहिद खानले युवकहरू हिँडेको जंगलमा भारतीय सेनाले बारुदी सुरुङ बिछ्याएको आरोप लगाएका छन् ।
घटनाबारे भारतका तर्फबाट भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।
प्रतिक्रिया 4