+
+
Shares

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ६ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दाङको गढवा गाउँपालिका–८ चारखम्बाबाट प्रहरीले अवैध पटाकासहित २५ वर्षीय अनुभव अग्रवाललाई पक्राउ गरेको छ ।
  • अग्रवालले कोइलाबास नाका हुँदै रा १ ह ४८१७ नम्बरको अटोमार्फत सामान ल्याउँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ ।
  • बरामद पटाकाको बजार मूल्य रु दुई लाख १० हजार १३६ रहेको प्रहरीले जनाएको छ ।

६ कात्तिक, दाङ । अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार पक्राउ पर्नेमा  भारत उत्तर बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डि निवासी २५ वर्षीय  अनुभव अग्रवाल छन् ।

अग्रवाललाई  कोइलाबास नाका हुँदै रा १ ह ४८१७ नम्बरको अटोमार्फत ती सामान ल्याउँदै गरेका बखत प्रहरीले गढवा गाउँपालिका–८, चारखम्बाबाट पक्राउ गरेको जनाएको छ ।

बरामद गरिएका पटाकाको बजार मूल्य रु दुई लाख १० हजार १३६ बराबरको रहेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीले जानकारी दिए ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?