+
+
Shares

साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दु:ख व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ६ गते १४:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणको भग्नावशेष लागेर एक नेपालीको मृत्यु भएपछि एमालेले दु:ख व्यक्त गरेको छ।
  • एमालेले दिवंगत नेपालीप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै हिंसात्मक घटनाको निन्दा गरेको छ।
  • एमालेले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको सुरक्षा र हित सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

६ कात्तिक, काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपालीको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले)ले दु:ख व्यक्त गरेको छ ।

एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले आज विज्ञप्तिमार्फत् दिवंगत नेपाली नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी छिन् ।

विज्ञप्तिमा निर्दाेष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटना मानवीय मूल्य–मान्यताविपरीत रहेको जनाइएको छ । सो पार्टीले विश्व शान्तिको पक्षमा आफूहरू सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्ता अमानवीय घटनाको निन्दा गरेको छ ।

नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको वैदेशिक द्वन्द्वका कारण नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्तै दु:खद र चिन्ताजनक रहेको एमालेको भनाइ छ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको सुरक्षा र हित सुनिश्चित गर्न एमालेले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?