News Summary
Generated by OK AI. Editorially reviewed.- साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिले अनुमोदनका लागि अस्वीकृत गरेको छ।
- जर्मनीबाट डिपोर्ट भएकोसहितका विवरणमा प्रश्न उठेपछि समितिमा उनको नामबारे छलफल भएको थियो।
- सुनारमाथि विवाहेत्तर सम्बन्ध, यातना र धम्की, ३३ लाख रुपैयाँ लिएको र हाम्रो नेपाल पार्टीसँग आबद्ध रहेको आरोप लागेका थिए।
२८ असोज, काठमाडौं । साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदनका लागि अस्वीकृत भएको छ ।
जर्मनीबाट डिपोर्ट गरिएको लगायतका विभिन्न विवरण प्रश्न उठेपछि उनको नाम अस्वीकृत भएको हो ।
उनीमाथि विभिन्न बुँदामा आरोपहरू लागेका थिए । ती आरोपहरूबारे संसदीय समितिमा पनि छलफल भएको थियो ।
छलफलपछि समितिले निर्णय सुनाउँदै उनको नाम अस्वीकृत भएको जानकारी गराएको छ ।
यस्ता थिए उनीमाथि लागेका आरोपहरू–
पहिलो : विवाहेत्तर सम्बन्ध राखेको,
दोस्रो : जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर मेलमिलाप गर्दै पूर्वप्रेमीसँग सम्बन्ध तोडेपछि पनि यातना, धम्की र आत्महत्या गर्न दबाब दिएको,
तेस्रो : जर्मन सरकारले हिरासतमा राखी हत्कडी लगाएर जर्मनीबाट नेपाल डिपोर्ट गरेको,
चौथो : एक जना डीआईजी बढुवाका क्रममा रास्वपा सांसद खगेन्द्र सुनारसँग मिलेर ३३ लाख रुपैयाँ लिएको,
पाँचौं : सांसद खगेन्द्र सुनारले विभिन्न व्यक्तिहरूसँग पैसा उठाउने गरेको र गिरीबहादुरले व्यवस्थापन गर्ने गरेको,
छैटौं : गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गराउन स्वामी आनन्द अरुणसमेत परराष्ट्र मन्त्रालय गएको,
सातौं : हाम्रो नेपाल पार्टीसँग आबद्ध रहेको ।
प्रतिक्रिया 4