+
+
Shares

नगरपालिका र स्थानीयको विवाद : लिगलिगे दौड रोक्न गोरखा प्रशासनको आग्रह

सुरक्षा चुनौतीको बहाना बनाउँदै जिल्ला प्रशासन कार्यालयले ऐतिहासिक लिगलिगे दौडमा रोक लगाएको छ । पालुङटार नगरपालिकाको आयोजनामा भोलि हुन लागेको दौड नगर्न प्रशासनले आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १९:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रशासन कार्यालय गोरखाले सुरक्षा चुनौती देखाउँदै पालुङटार नगरपालिकाको ऐतिहासिक लिगलिगे दौड रोक्न आग्रह गरेको छ।
  • नगरपालिका र लिगलिगकोट विकास अभियानबीच आयोजकको दाबीमा विवाद भएपछि सुरक्षा निकाय सहभागी गराउन नसक्ने प्रशासनले जनाएको छ।
  • सहमति नजुटेपछि प्रशासनले असोज २९ र ३० गते तय भएका दुवै दौड नगर्न बुधबार दुवै पक्षलाई पत्राचार गरेको छ।

२८ असोज, गोरखा । सुरक्षा चुनौतीको बहाना बनाउँदै जिल्ला प्रशासन कार्यालयले ऐतिहासिक लिगलिगे दौडमा रोक लगाएको छ । पालुङटार नगरपालिकाको आयोजनामा भोलि हुन लागेको दौड नगर्न प्रशासनले आग्रह गरेको छ ।

वुधवार साँझ पत्राचार गर्दै प्रशासनले विवादका कारण कार्यक्रममा सुरक्षा निकायहरु सहभागी गराउन नसक्ने र पर्याप्त सुरक्षा समेत दिन नसक्ने जनाएको छ । यसअघि लिगलिगकोट बिकास अभियानले आयोजना गर्दै आएको दौड नगरपालिकाले अपनत्व लिएर संचालन गर्न खोजेपछि दुई पक्षबीचको विवाद चुलिएको हो । आफू आयोजक हुनुपर्ने दुवैको अडान छ ।

यसअघि पनि नगरपालिका आफैले अपनत्व लिएर दौड संचालन गर्ने निर्णय गरेको थियो । तर लिगलिगकोट बिकास अभियानले अवरोध गरेपछि विगत दुई बर्षदेखि दौड हुन सकेको छैन । यो बर्ष पनि पालिकाले दौड गर्न लागेपछि अभियानले अवरोध सृजना गरेको हो ।

नगरपालिकालाई चुनौती दिदै अभियानले असोज ३० गते लिगलिगे दौडको आयोजना गरेको छ । नगरपालिकाले भने असोज २९ गते दौड राखेको छ । दुइ पक्षबीचको छलफलमा सहमति नभएपछि सुरक्षाको वहाना बनाउँदै प्रशासनले दुवैलाई दौड नगर्न भनेको हो । प्रतियोगिता रोक्न आग्रह गर्दै वुधवार प्रशासनले दुवै पक्षलाई पत्राचार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?