+
+
Shares

बूढीगण्डकी बाढीमा फसेका ६ सय बढीको उद्धार

आइतबारदेखि हालसम्म ६ सय ४८ जनाको उद्धार भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बूढीगण्डकी बाढीमा फसेका ६ सय ४८ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार भएको सहायक प्रजिअ नेत्रप्रसाद शर्माले बताए ।
  • उद्धार गरिएकामध्ये ४९ जना विदेशी पर्यटक र बाँकी नेपाली रहेको उनले भने ।
  • बाढीले उत्तरी गोरखाका पदमार्ग, पुल र सडक सञ्जाल क्षतिग्रस्त भएपछि राहत सामग्री पनि हेलिमार्फत प्रभावित क्षेत्रमा पुर्‍याइएको छ ।

२८ असोज, गोरखा । बूढीगण्डकी बाढीमा फसेका ६ सयभन्दा बढी नागरिकको उद्धार भएको छ । आइतबारदेखि हालसम्म ६ सय ४८ जनाको उद्धार भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

‘विदेशी पर्यटक ४९ जना छन्,’ उनले भने, ‘बाँकी नेपाली हुन् ।’ बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलहरूमा क्षति पु-याएसँगै सो क्षेत्रमा रहेका नागरिकहरू फसेका थिए । नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई उद्धार गरिएको उनले जानकारी दिए ।

उनका अनुसार पहिलो दिन आइतबार ९६ जनाको उद्धार भएको थियो । सोमबार ३ सय २१ र मंगलबार १ सय ८६ जनाको उद्धार भएको हो । बुधबार हालसम्म ४५ जनाको उद्धार भइसकेको सहायक प्रजिअ शर्माले बताए । उद्धार कार्यसँगै राहत वितरणको काम पनि भइरहेको उनको भनाइ छ ।

‘यताबाट उद्धार गर्न जाने हेलिले राहतका सामाग्री लाने र उताबाट आउँदा मान्छेलाई उद्धार गरेर ल्याउने गरेको छ,’ उनले भने, ‘राहतका सामाग्री स्थानीय सरकार र सँघसंस्थासँगको समन्वयमा वितरण भइरहेको छ ।’

खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलार, जेनेरेटर लगायतका राहत सामग्री वितरण भइरहेको शर्माले बताए ।

आरुघाट बजारस्थित कवर्डहलमा राहत सामाग्री संकलन गरेर हेलिमार्फत प्रभावित क्षेत्रमा पु-याइएको छ । बाढीले सडक सञ्जालसँगै पदमार्ग कटान गरेपछि उद्धार र राहतमा हेलि प्रयोग बाध्यता बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?