+
+
Shares

यस्ता छन् साउदीका लागि प्रस्तावित राजदूतका प्रतिबद्धता

साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरी बहादुर सुनारले साउदी अरबको पूर्वी, दक्षिणी र उत्तरी क्षेत्रमा नियमित घुम्ती कन्सुलर शिविर संचालन गर्ने प्रतिबद्धता जनाएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १४:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरी बहादुर सुनारले पूर्वी, दक्षिणी र उत्तरी क्षेत्रमा नियमित घुम्ती कन्सुलर शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाए।
  • संसदीय सुनुवाइमा उनले नो लाइन, वन्ली अनलाइन, अनलाइन टोकन, पेमेन्ट र ई-पासपोर्ट अपाइन्टमेन्ट अनिवार्य गर्ने योजना सुनाए।
  • उनले साउदी अरबमा ४ देखि ५ लाख नेपाली रहेको र दशकमा १३ लाखभन्दा बढी श्रम स्वीकृति भएको बताए।

२८ असोज, काठमाडौं । साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरी बहादुर सुनारले साउदी अरबको पूर्वी, दक्षिणी र उत्तरी क्षेत्रमा नियमित घुम्ती कन्सुलर शिविर संचालन गर्ने प्रतिबद्धता जनाएका छन्।

संसदीय सुनुवाइका क्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । कन्सुलर सेवा डिजिटलाइजेसन अन्तरगत उनले भनेका छन्, “पूर्वी, दक्षिणी र उत्तरी क्षेत्रमा नियमित घुम्ती कन्सुलर शिविर” संचालन गर्न पहल गर्नेछु ।”

साथै, नो लाइन, वन्ली अनलाइन, अनलाइन टोकन, पेमेन्ट र ई-पासपोर्ट अपाइन्टमेन्ट अनिवार्य गर्ने, राष्ट्रिय परिचयपत्र आधारित मोबाइल पासपोर्ट नवीकरण आदि काम गर्ने योजना सुनाएका छन ।

उनका अनुसार हाल साउदी अरबमा ४ देखि ५ लाख नेपाली रहेका छन् । विगत एक दशकमा १३ लाखभन्दा बढी श्रम स्वीकृति भएको र यसमा६७% अदक्ष, २८% अर्धदक्ष दक्ष, ५% उच्च दक्ष कामदार रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?