+
+
Shares

नेपालबाट बाहिरियो मनसुन

यस वर्ष १९ जुन अर्थात् असार ५ गते मनसुन भित्रिएको थियो भने सरदर मितिभन्दा १२ दिनपछि बाहिरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मौसम पूर्वानुमान महाशाखाले असोज २८ गते नेपालका सबै भूभागबाट मनसुन पूर्णरुपमा बाहिरिएको जानकारी दिएको छ।
  • यस वर्ष मनसुन असार ५ गते भित्रिएको र सरदर मितिभन्दा १२ दिनपछि बाहिरिएको विभागले जनाएको छ।
  • मौसमविद्हरूका अनुसार आगामी केही दिन घमाइलो रहनेछ, तर पहाडी भेगका एक–दुई ठाउँमा छिटपुट वर्षा हुन सक्छ।

२८ असोज, काठमाडौं । नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज असोज २८ गते यस वर्षको मनसुन नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो ।

यस वर्ष असोज १७ गतेदेखि नै पश्चिमी तथा उत्तरी केही भूभागबाट मनसुन बाहिरिन सुरु गरेको थियो ।

सामान्यतया नेपालमा मनसुन १३ जुनदेखि सुरु भई २ अक्टोबरमा बाहिरिन्छ । तर यस वर्ष १९ जुन अर्थात् असार ५ गते मनसुन भित्रिएको थियो भने सरदर मितिभन्दा १२ दिनपछि बाहिरिएको छ ।

यस वर्ष नेपालबाट मनसुन बाहिरिने सरदर मितिको अवधिमा सरदर वर्षा भएको छ । यद्यपि भूगोल अनुसार वर्षाको मात्रा र प्रतिशत फरक छ । तराई र पहाडको तुलनामा हिमाली क्षेत्रमा बढी वर्षा भएको छ ।

मौसमविदहरुका अनुसार नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिएकाले आगामी केही दिनसम्म मौसम घमाइलो हुने छ । पहाडी भेगका एक–दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना भए पनि समग्रमा दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?