+
+
Shares

नेपालबाट बाहिरिन थाल्यो मनसुन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १७ गते १३:०९

१७ असोज, काठमाडौं । यस वर्षको मनसुन नेपालबाट क्रमशः बाहिरिन थालेको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार आज शनिबारसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागबाट मनसुन पूर्णरूपमा बाहिरिएको छ ।

बाँकी भूभागमा भने मनसुनी प्रभाव कायमै रहेकाले केही दिनमै त्यहाँबाट पनि मनसुन बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले असोज १७ गते बिहान ११ बजे जारी गरेको मनसुन बहिर्गमन विशेष बुलेटिन अनुसार देशको पश्चिमी तथा उत्तरी केही भूभागबाट मनसुन बाहिरिए पनि मध्य तथा पूर्वी नेपालमा मनसुनी वायुको प्रभाव कायमै छ।

महाशाखाका अनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेको अवस्थामा बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको छ ।

नेपालमा सामान्यतया जुन १३ मा मनसुन प्रवेश गरी अक्टोबर २ मा बाहिरिने गर्छ। यद्यपि बर्सेनि केही दिन तलमाथि हुने गरेको छ। यस वर्ष नेपालमा मनसुन जुन १९ अर्थात् असार ५ गते प्रवेश गरेको थियो।

विभागले यसअघि बंगालको खाडी आसपास विकसित न्यूनचापीय प्रणालीका कारण मनसुन बहिर्गमन केही ढिलो हुन सक्ने जनाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?