+
+
Shares

साउदी अरबका प्रस्तावित राजदूतले स्वीकारेनन् महिला हिंसाको आरोप, भने– म जनचेतना फैलाउने मान्छे हुँ

‘अभियन्ताको रुपमा करोडौं असुल गर्नुभयो, डीआइजी बढुवामा पैसा लिएर मिलाउन लाग्नुभयो, सांसद बनाउँछु भनेर पनि पैसा लिनुभयो,’ भनेर उजुरी आएको उनले स्मरण गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १५:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरी बहादुर सुनारले संसदीय सुनुवाइ समितिमा महिला हिंसा गरेको आरोप अस्वीकार गरेका छन् ।
  • सांसद मधुकुमार चौलागाईंले सुनुवाइमा सुनारविरुद्ध घरेलु हिंसा, रकम असुली र बढुवामा पैसा लिएर मिलाएको उजुरीबारे प्रश्न गरेका थिए ।
  • सुनारले पीडित भनिएका महिलासँग प्रेम सम्बन्ध र भनाभन भएको स्वीकार गर्दै त्यो विषय २०१३ मै सकिएको बताए ।

२८ असोज, काठमाडौं । साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरी बहादुर सुनारले महिला हिंसा गरेको आरोप अस्वीकार गरेका छन् ।

संसदीय सुनुवाइ समितिमा उनले आफू महिला हिंसाविरुद्ध जनचेतना फैलाउने व्यक्ति भएको बताए ।

सुनुवाइका क्रममा साम्सद मधुकुमार चौलागाईंले ‘धेरै उजुरीहरू रहेको, महिलासँगको घरेलु हिंसाको आरोप रहेको र मेलमिलाप गरेको विषय’ रहेको बताए ।

‘अभियन्ताको रुपमा करोडौं असुल गर्नुभयो, डीआइजी बढुवामा पैसा लिएर मिलाउन लाग्नुभयो, सांसद बनाउँछु भनेर पनि पैसा लिनुभयो,’ भनेर उजुरी आएको उनले स्मरण गरे ।

साथै, ‘हाम्रो नेपाल पार्टीसँगको आबद्धता के थियो ? जर्मनीबाट डिपोर्ट भएको के हो ?,’ भनेर उनलाई प्रश्न थियो ।

जवाफमा प्रस्तावित राजदुत सुनारले महिला हिंसा गरेको आरोप अस्वीकार गरे ।

‘महिला हिंसा गरे भन्ने जे छ, म आफै हिंसाविरुद्ध जनचेतना फैलाउने व्यक्ति हुँ,’ उनले भनेका छन् ।

जसले पीडित भनेर भनेका छन् ती महिलासँग प्रेम सम्बन्ध रहेको र भनाभन भएकोबारे भने उनले स्वीकार गरे । यो विषय सन् २०१३ मै सकिइसकेको तर अहिले पुन: उठाइएको उनको गुनासो थियो ।

आफूले महिला हिंसाविरुद्ध र सेल्फ इम्पावरका लागि ५ हजार बढीलाई तालिम दिएको पनि उनको भनाइ छ ।

जर्मनीबाट डिपोर्ट गरिएको आरोप पनि उनले स्वीकार गरेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?