+
+
Shares

इरानपछि क्युबामा ध्यान दिने ट्रम्पको चेतावनी, सीआईएसँग गुप्त साझेदारीको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ७ गते १५:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विषय सुल्झाएपछि अमेरिकाले क्युबाको मामलामा ध्यान दिने बताएका छन् ।
  • विदेशमन्त्री मार्को रुबियोले क्युबाका जनतालाई परिवर्तन ल्याउन अपील गर्दै सीआईएसँग गुप्त साझेदारी गर्न आग्रह गरेका छन् ।
  • सीआईएले स्पेनिस भाषाको भिडियोमार्फत क्युबालीलाई भिपिएन र बर्नर इमेल प्रयोग गरेर सुरक्षित रूपमा जानकारी साझा गर्न भनेको छ ।

७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विषय सुल्झाएपछि अमेरिकाले क्युबाको मामलामा ध्यान दिने बताएका छन् । ट्रम्पले क्युबासँगको सम्झौता अघि बढाउन अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई पठाइने सङ्केत पनि गरेका छन् ।

विदेशमन्त्री रुबियोले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै क्युबाका जनतालाई परिवर्तन ल्याउन अपील गरेका छन् । उनले क्युबामा सकारात्मक परिवर्तन चाहनेहरूका लागि यो सही समय भएको बताएका छन् ।

रुबियोले एक्समा लेखेका छन्, ‘क्युबामा सकारात्मक परिवर्तन ल्याउन चाहनेहरूका लागि अब सही समय हो ।’

उनले अगाडि लेखेका छन्, ‘अधुरा आश्वासन, भ्रष्टाचार र केही मानिसहरूको खास सुविधासहितको जिन्दगीबाट निराश हुनुहुन्छ भने यो मौकाको फाइदा उठाउनुहोस् र सीआईएसँग गुप्त साझेदारी गरेर आफ्नो रोजाइको परिवर्तन ल्याउनुहोस् ।’

यसैबीच सीआईएले सामाजिक सञ्जालमा स्पेनिस भाषामा एउटा भिडियो सार्वजनिक गरेको छ । भिडियोमा क्युबाका जनतालाई सुरक्षित रूपमा (भिपिएन र बर्नर इमेल मार्फत) जानकारी साझा गर्न निर्देशन दिइएको छ ।

क्युबाका उप विदेशमन्त्री कार्लोस फर्नान्डिज डि कोसियोले अमेरिकाको यो कदमलाई उसको ’हताशा र लाचारी’ भनेका छन् ।

उनले अमेरिकाले सार्वजनिक रूपमा सीआईएका लागि मानिस भर्ती गरिरहेको टिप्पणी गरेका छन् । उनले अमेरिकाले टूथपेस्ट बेचे जस्तैगरी मानिस भर्ती गरिरहेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?