+
+
Shares

विद्यालयमाथि हमलाविरुद्ध न्यायका लागि अन्तर्राष्ट्रिय पहल गर्दै इरान

मिनाबस्थित विद्यालयमा भएको आक्रमणमा १२० विद्यार्थी र २६ महिला शिक्षकसहित १५६ जनाको मृत्यु भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १६:२६

इरानले फेब्रुअरीमा मिनाबस्थित शजारेह तैयबेह विद्यालयमा भएको आक्रमणका पीडितलाई न्याय दिलाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहल गरिरहेको जनाएको छ ।

इरानको सरकारी समाचार संस्था इर्नाका अनुसार मानवअधिकारसम्बन्धी उपमन्त्री अस्कर जलालियानले आक्रमणका पीडितलाई न्याय दिलाउन विभिन्न प्रयास भइरहेको बताएका हुन् ।

जलालियानका अनुसार विद्यालयमा भएको आक्रमणका पीडितका लागि न्यायिक प्रक्रिया अघि बढाउन इरानको कानुनी मामिला कार्यालय सक्रिय छ । यसका लागि देशका सबै राष्ट्रिय स्रोतसाधन परिचालन गरिएको उनले बताए ।

यद्यपि, अन्तर्राष्ट्रिय स्तरमा न्यायिक प्रक्रिया अघि बढाउन कुन–कुन माध्यम प्रयोग भइरहेको छ भन्नेबारे भने उनले खुलाएका छैनन् ।

गत महिना संयुक्त राष्ट्रसङ्घको आदेशमा गठित तथ्य अन्वेषण मिसनले फेब्रुअरी २८ मा मिनाबस्थित विद्यालय र लामेर्डस्थित खेलकुद परिसरमा भएका दुई आक्रमणमा अमेरिकाले युद्ध अपराध गरेको हुन सक्ने निष्कर्ष निकालेको थियो ।

स्थानीय अधिकारीहरूका अनुसार मिनाबस्थित विद्यालयमा भएको आक्रमणमा १२० विद्यार्थी र २६ महिला शिक्षकसहित १५६ जनाको मृत्यु भएको थियो ।

संयुक्त राष्ट्रसङ्घको मिसनले उद्धृत गरेका स्वतन्त्र स्रोतहरूका अनुसार भने मृत्यु हुनेको सङ्ख्या १५७ थियो । मृतकमध्ये ६ वर्ष उमेरका बालबालिकासमेत थिए ।

जलालियानले मिनाब विद्यालयमा भएको आक्रमणबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन र यस घटनालाई इरानको राष्ट्रिय इतिहासको हिस्सा बनाउन सरकारले काम गरिरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?