News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहा प्रहरीले शनिबार राति सिरहा नगरपालिका–७ को हुलाकी सडकखण्डबाट नक्कली नेपाली नोटजस्तो देखिने २५ हजार ५०० रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–८ का ३५ वर्षीय मोहम्मद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मियाँ छन्।
- प्रहरीले दुवै जनालाई रकमसहित जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान गरिरहेको छ।
१४ कात्तिक, सिरहा । सिरहा प्रहरीले नक्कली नेपाली नोटजस्तो देखिने २५ हजार ५०० रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार राति करिब ११ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डमा शंकास्पद रूपमा हिँडिरहेका दुई जनालाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त रकम बरामद गरिएको हो ।
प्रहरीले कल्याणपुर नगरपालिका–८ निवासी ३५ वर्षीय मोहम्मद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मियाँको साथबाट ५०० दरका ३ थान र १ हजार दरका २४ थान गरी जम्मा २५ हजार ५०० रुपैयाँ बराबरका नक्कली नोटजस्तो देखिने रकम फेला पारेको जनाएको छ ।
बरामद रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता रमेशबहादुर पालले घटनाबारे जानकारी दिँदै बरामद रकम नक्कली नोटजस्तो देखिएको र पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको बताएका छन् । रासस
प्रतिक्रिया 4