अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध गर्ने आफ्नो निर्णयको पुन: बचाउ गरेका छन् । फ्लोरिडाको डेटोनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले युद्धको औचित्य पुष्टि गर्ने प्रयास गरेका हुन् ।
लामो भाषणका क्रममा ट्रम्पले पटक–पटक इरानको विषय उठाउँदै इरानको नौसेना र वायुसेना ध्वस्त पारिएको दाबी दोहोर्याए । उनले भने, ‘हामी इरानलाई कहिल्यै आणविक हतियार राख्न दिनेछैनौँ ।’
ट्रम्पले अमेरिकाले युद्ध सुरु गरेको भन्ने आरोप पनि अस्वीकार गरे । उनले भने, ‘यो युद्ध उनीहरूले धेरै वर्षअघि सुरु गरेका हुन् ।’ साथै, सन् १९७९ देखि नै इरानले अमेरिकाविरुद्ध युद्ध गर्दै आएको उनको दाबी थियो ।
ऊर्जाको मूल्य अत्यधिक बढेको भन्दै भइरहेको आलोचनालाई पनि उनले खारेज गरे । ट्रम्पले अहिले होर्मुज स्ट्रेटमार्फत सात महिनाअघिको भन्दा बढी तेल प्रवाह भइरहेको दाबी गरे ।
उनले आफ्ना डेमोर्क्याट पूर्ववर्ती राष्ट्रपतिहरूको कार्यकालको तुलनामा पेट्रोलको मूल्य निकै कम स्तरमा झरिरहेको पनि बताए ।
प्रतिक्रिया 4