+
+
Shares

भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)

भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गर्दै भारतीय पूर्व सैनिक कल्याणकारी संघले काठमाडौंमा प्रदर्शन गरेको छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ कात्तिक १६ गते १४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गर्दै अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघले आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।
  • भारत सरकारले अग्निपथ योजना ल्याएपछि गोर्खा भर्ती बन्द छ, र भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा पनि खुलाउने विषयमा ठोस सहमति भएको छैन।
  • प्रदर्शनमा सहभागीहरूले बेरोजगार नेपाली युवाका लागि भरपर्दो रोजगार र पूर्व गोर्खा सैनिकको संस्था दर्ता नवीकरण गर्न माग गरेका छन्।

१६ कात्तिक, काठमाडौं । भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गर्दै भारतीय पूर्व सैनिक कल्याणकारी संघले काठमाडौंमा प्रदर्शन गरेको छ । अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघले आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।

भारत सरकारले अग्निपथ योजना ल्याएपछि गोर्खा भर्ती बन्द छ ।

यसअघि १२ अगस्ट २०२६ मा पोखरामा पूर्वगोर्खा सैनिक र युवाहरूले भर्ती खुलाउन माग गर्दै प्रदर्शन गरेका थिए । यसैगरी १९ अगस्ट २०२६ मा भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ नेपाल भ्रमणमा आएका बेलामा पनि पूर्वगोर्खा सैनिकहरूले भर्ती खुलाउन पहल गर्न आग्रह गरेका थिए ।

तर भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा पनि भर्ती खुलाउने विषयमा ठोस सहमति भएको छैन । भर्ती खुलाउन माग गर्दै प्रदर्शनमा सहभागीहरुले बेरोजगार नेपाली युवालाई भरपर्दो रोजगारको व्यवस्था गर्न समेत माग गरेका छन् ।

उनीहरुले सचिवस्तरीय निर्णयलाई खारेज गरी पूर्व गोर्खा सैनिकको संस्था वा संगठन दर्ता नवीकरण गर्ने व्यवस्था गर्न पनि माग गरे ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?