+
+
Shares

खोटाङ, धनुषा र कैलालीमा तीन जना मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १४:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ नाङग्रे खोला बुद्धदहस्थित सुनकोशी नदी किनारमा अन्दाजी ३० वर्षीय पुरुष मृत फेला परेका छन् ।
  • धनुषाको जनक नन्दिनी गाउँपालिका–१ ईनर्वा बजार नजिक सडकमा भारत बिहार मधुवनी नाजिरपुर ग्राम–१२ का ३७ वर्षीय दिलिप राम मृत अवस्थामा भेटिएका छन् ।
  • कैलालीको धनगढी उपमहानगरपालिका–८ स्थित नालामा झापा कनकाई नगरपालिका–५ का २८ वर्षीय सुरज यादव मृत अवस्थामा फेला परेका छन् ।

१६ कात्तिक, काठमाडौं । खोटाङ, धनुषा र कैलालीमा तीन जना मृत फेला परेका छन् ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ नाङग्रे खोला बुद्धदहस्थित सुनकोशी नदी किनारमा अन्दाजी ३० वर्षीय पुरुष मृत भेटिएका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनको पहिचान भइसकेको छैन ।

धनुषाको जनक नन्दिनी गाउँपालिका–१ ईनर्वा बजार नजिक सडकमा भारत बिहार मधुवनी नाजिरपुर ग्राम–१२ कानैल बस्ने ३७ वर्षीय दिलिप राम आइतबार मृत अवस्थामा फेला परेका छन् ।

उता कैलालीको धनगढी उपमहानगरपालिका–८ स्थित नालामा झापा कनकाई नगरपालिका–५ तुल्सीवारी घर भएका २८ वर्षीय सुरज यादव आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?