News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको चुरे गाउँपालिका–१ निगालीका ५२ वर्षीय यज्ञबहादुर बोहरा घरबाट बेपत्ता भएपछि स्थानीय जंगलको भिरमा मृत फेला परेका छन्।
- घटनाअघि बोहरासहित ८ जना मदिरा सेवन गरेको खुलेको छ र साथमा रहेकाहरूले ‘मारिदिन्छु’ भन्दै गरेको भिडियो फेला परेको प्रहरीले जनाएको छ।
- प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूको पहिचान खुलाएको छैन र थप अनुसन्धान जारी रहेको जनाएको छ।
७ असोज, धनगढी । कैलालीमा घरबाट बेपत्ता भएका एक व्यक्ति मृत फेला परेका छन् ।
चुरे गाउँपालिका–१ निगालीका ५२ वर्षीय यज्ञबहादुर बोहरा स्थानीय जंगलको भिरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरा सिंह महराले घरबाट हराएका बोहरा खोजी गर्ने क्रममा बोहरा चुरे गाउँपालिका–१ तुलिखेतस्थित जंगलको भिरमा मृत अवस्थामा फेला परेको जानकारी दिए ।
उनकाअनुसार घटनाअघि बोहरासहित ८ जना एकै ठाउँमा बसेर मदिरा सेवन गरेको खुलेको छ ।
सोही क्रममा साथमा रहेका व्यक्तिहरूले बोहरालाई ‘मारिदिन्छु’ भन्दै गरेको भिडियोसमेत फेला परेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएका व्यक्तिहरूको पहिचान प्रहरीले खुलाएको छैन ।
उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेती ल्याइँदै गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट मृतकको टोपी, मोबाइल र चप्पलसमेत फेला परेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4