+
+
Shares

त्रिपुरेश्वरमा बस आगलागी घटना : मृतक चालकको पहिचान खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते ११:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीका अर्जुन दोङ तामाङ रहेको काठमाडौं प्रहरीले जनाएको छ।
  • अर्जुनले दावा लामाको नामको सवारीचालक अनुमतिपत्र, बैंक खाता र नागरिकता प्रयोग गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको एसएसपी दिलिप घिमिरेले बताए।
  • प्रहरीका अनुसार अर्जुन २०८२ कात्तिकको बालाजु बस पल्टिने घटनामा संलग्न थिए र त्यसयता फरार रहेका थिए।

६ असोज, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ ।

काठमाडौं प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार बसमा जलेर मृत्यु हुने चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीका अर्जुन दोङ तामाङ हुन् ।

त्रिपुरेश्वरमा सोमबार भएको घटनामा दावा लामाको नाममा रहेको सवारीचालक अनुमतिपत्र उनले प्रयोग गरेको खुल्न आएको एसएसपी घिमिरेले बताए ।

एसएसपी घिमिरेका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा अर्जुनले दावा लामाको नाममा रहेको बैंक खाता तथा नागरिकतासमेत प्रयोग गरी विभिन्न घटनामा संलग्न भएको हुन सक्ने तथ्यहरू खुलेका छन्।

प्रहरीका अनुसार २०८२ साल कात्तिकमा बालाजु बस पल्टिँदा तीन जना घाइते भएको घटनामा उनी संलग्न रहेका थिए । त्यसयता उनी फरार थिए । उक्त घटनामा उनले सुनील तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको पाइएको एसएसपी घिमिरे बताए ।

करिब तीन महिनाअघि मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा समेत अर्जुनले दावा तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको पाइएको छ ।

अर्जुनले अन्य व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा कागजातहरू समेत प्रयोग गरेको हुन सक्नेबार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?