+
+
Shares

खैरो हेरोइनसहित दुई युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते ७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गज्जरस्थित गौरीशंकर मन्दिरबाट १५ दशमलव ६७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ वाणीका ३१ वर्षीय हेमराज जोशी र भीमदत्त नगरपालिका–६ ऐठपुरका ४२ वर्षीय महेशप्रसाद भट्ट छन्।
  • प्रहरीले उनीहरूको मोटरसाइकल र दुई थान मोबाइल बरामद गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।

६ असोज, धनगढी । कञ्चनपुरबाट १५ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ वाणीका ३१ वर्षीय हेमराज जोशी र भीमदत्त नगरपालिका–६ ऐठपुरका ४२ वर्षीय महेशप्रसाद भट्ट रहेका छन् ।

भीमदत्त नगरपालिका–१० गज्जरस्थित गौरीशंकर मन्दिरबाट उनीहरू दुवै जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट १५ दशमलव ६७ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

उनकाअनुसार उनीहरू सवार सुपप्र०१ ००८प ६३४३ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल पनि बरामद गरिएको छ ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले सोमबार साँझ करिब ७ बजे उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?