३१ असार, काठमाडौं । भारतबाट मलद्वारमा लागुऔषध खैरो हेरोइन लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङको रंगेली नगरपालिका– ६ पुरानो भन्सार टोलबाट ती दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–१ का घर भई हाल मोरङ पथरी शनिश्चरे नगरपालिका–१ बस्ने २३ वर्षीय सम्योक वानेम फागो र सोही स्थानकी २० वर्षीया भूमिका फागो रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सूचनाका आधारमा पक्राउ गरेर उनीहरूलाई जाँच गर्दा २६.५१ ग्राम खैरो हेरोइन फेला परेको जानकारी दिएको छ । जसमध्ये सम्योकको साथबाट १५.४४ ग्राम र भूमिकाको साथबाट ११.०७ ग्राम खैरो हेरोइन भेटिएको हो ।
दुवैले त्यो हेरोइन कालो प्लास्टिकमा बेरेर मलद्वारमा लुकाएर ल्याएको पाइएको प्रहरीले सूचना दिएको छ ।
प्रतिक्रिया 4