+
+
Shares

कैलाली–कञ्चनपुरमा खैरो हेरोइनसहित ८ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १३ गते ९:१२

१३ असार, काठमाडौं । कैलाली–कञ्चनपुरमा अवैध लागुऔषधसहित आठ जना पक्राउ परेका छन् ।

प्रहरीले कैलाली र कञ्चनपुरका फरक–फरक स्थानबाट आठ जनालाई लागूऔषध खैरो हेरोइन शुक्रबार पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जनसम्पर्क तथा मिडिया समन्वय शाखाले शुक्रबार पक्राउ परेका सबै युवा २८ वर्षमुनिका रहेका जनाएको छ ।

मिडिया समन्वय शाखाका अनुसार कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेबाट खैरो हेरोइनसहित १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले एक सय ९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

उता धनगढी उपमहानगरपालिका–२ मिलन चोकबाट एक ग्राम ६० मिलिग्राम खैरो हेरोइनसहित तीन जना प्रहरी परेका छन् ।

पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका–७ का १९ वर्षीय भोजराज ओझा, १९ वर्षीय अर्जुन नेपाली र १९ वर्षीय बिष्णु खत्री रहेका छन् ।

प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

कैलालीकै टिकापुर नगरपालिका–९ खक्रौलाबाट चार सय मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका–८ का २७ वर्षीय अरुण चौधरी र २७ वर्षकै धनप्रसाद अधिकारी रहेका छन् ।

यस्तै कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका २८ वर्षीय सुरेन्द्र राना पनि खैरो हेरोइनसहित पक्राउ परेका छन् ।

रानाको साथबाट पाँच सय मिलिग्राम खैरो हेरोइन बरामद गरिएको सुडा प्रहरी चौकीले जनाएको छ ।

वेदकोट नगरपालिकाकै ७ नम्बर वडामा पर्ने मन्दिरपुरका २६ वर्षीय सुनिल  डगौरा पनि खैरो हेरोइनसहित पक्राउ परेका छन् ।

सुडा प्रहरीले उनलाई नौ सय मिलिग्राम खैरो हेरोइन र नगद आठ हजार ४४५ रूपैयाँसहित पक्राउ गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?