+
+
Shares

काठमाडौं उपत्यकाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते ९:३८

१२ असार, काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

कोटेश्वरबाट खटिएको ब्यूरोको टोलीले काठमाडौंको ढल्कुबाट रामेछापको दोरम्बा–३ का ४२ वर्षीय टेकबहादुर थापामगर र सिन्धुलीको दुधौली नगरपालिका–१० का २४ वर्षीय सन्तबहादुर बस्नेतलाई पक्राउ गरेको हो ।

ब्यूरोले ९ असारमा पक्राउ परेका थापामगरको अनुसन्धानका सिलसिलामा ११ असारमा उनलाई खैरो हेरोइन बिक्री गर्ने बस्नेतलाई पनि पक्राउ गरेको जनाएको छ ।

ब्यूरोका प्रवक्ता दुर्गाराज रेग्मीले थापामगरबाट ६ ग्राम ७२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जानकारी दिए ।

उनका अनुसार बस्नेतलाई ब्यूरोले ८० ग्राम खैरो हेरोइनसहित ललितपुरको बालकुमारीबाट पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?